२०८३ बैशाख ६ गते , आईतबार

आफ्नो नाममा जग्गा नहुँदा समस्या झेलिरहेको गरामनी क्याम्पसलाई जग्गा प्रदान

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ७ गते , सोमबार
आफ्नो नाममा जग्गा नहुँदा समस्या झेलिरहेको गरामनी क्याम्पसलाई जग्गा प्रदान

बिर्तामोड । आफ्नै नाममा जग्गा नहुँदा समस्या झेलिरहेको झापाको बिर्तामोड ७ गरामनीस्थित गरामनी क्याम्पसले जग्गा प्राप्त गरेको छ । क्याम्पसलाई स्थानीय समाजसेवीहरु होम पाण्डे, कृष्णप्रसाद पाण्डे र हरिप्रसाद पाण्डेले जग्गा प्रदान गरेका हुन ।
पाण्डेत्रयले क्याम्पसलाई  मातापिताको स्मृतिमा ९ कठ्ठा जग्गा प्रदान गरेका हुन । उनीहरुले चैत्र ६ गते उक्त जग्गा क्याम्पसको नाममा रजिष्ट्रेसन पास गरिदिएको दुर्गा माविका शिक्षक धर्मेन्द्र भट्टराईले जानकारी दिए ।
कृष्णप्रसाद पाण्डे र होमप्रसाद पाण्डेले  आफ्नो माता-पिता महेश्वर पाण्डे-जालपा र नरमाया पाण्डेको स्मृतिमा र हरिप्रसाद पाण्डेले भानुप्रसाद-हरिप्रिया  पाण्डेको स्मृतिमा उक्त जग्गा नि:शुल्क प्रदान गरेका हुन् ।
दुई बर्ष अघि नै क्याम्पसलाई जग्गा उपलब्ध गराएर भौतिक संरचना निर्माण शुरु भएपनि क्याम्पसले आफ्नै नाममा जग्गा नहुँदा सरकारी निकायबाट आर्थिक सहयोग प्राप्त गर्न सकेको थिएन । रकम अभावमा निर्माणाधिन भवनपनि अपुरो छ । भवन अभावमा क्याम्पसले स्थापनाकालदेखि नै स्थानीय दुर्गा माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्दै आइरहेको थियो ।
हाल उक्त क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत बिबिएस तहको कक्षा सञ्चालन भइरहेको छ भने चाँडै भवन निर्माण कार्य सम्पन्न गरि नयाँ भवनबाटै  पठनपाठन शुरु गरिने बताइएको छ ।

सम्बन्धित समाचार