२०८३ बैशाख ६ गते , आईतबार

शिक्षक संगठन इलाममा थाम्सुहाङ

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ६ गते , आईतबार
शिक्षक संगठन इलाममा थाम्सुहाङ

इलाम । नेपाल शिक्षक संगठन इलामको अध्यक्षमा लोकबहादुर थाम्सुहाङ चयन भएका छन । संगठनको १२औँ जिल्ला अधिवेशनले थाम्सुहाङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
शनिबार राति इलाम सदरमुकाममा सम्पन्न अधिवेशनबाट संगठनको उपाध्यक्ष महिलामा होममाया गुरुङ र पुरुषमा धर्मप्रसाद अधिकारी, सचिवमा धर्मप्रसाद दाहाल, सहसचिवमा ममता केसी, कोषाध्यक्षमा तीर्थमान राई र सहकोषाध्यक्षमा इन्दिरा शिवाकोटीलाई चयन भएका छन।
त्यस्तै, सदस्यहरुमा निर्मल तिम्सिना, कृष्णनारायण श्रेष्ठ, इन्द्रदिप राई, बलराम रिजाल, प्रमोद रिजाल, खेमराज लिम्बू, नेत्रप्रसाद अधिकारी, तुलसी प्रसाद खतिवडा, देवीप्रसाद सुवेदी, मेघराज गड्तौला, मोटेन्द्र रायमाझी, हरिप्रसाद आङदेम्बे, गोमा रिजाल, रञ्जना देवान, राधिका भारती, गणेश खतिवडा, ऋमा माखिम, डिकबहादुर राईलगायत चयन भएका छन् । यस्तै अधिवेशनले लेखा समिति संयोजकमा केन्द्रकुमार बस्नेतलाई चयन गरेको छ । 

सम्बन्धित समाचार