२०८३ बैशाख ५ गते , शनिबार

हल्दिबारीका स्वास्थ्यकर्मी आन्दोलित

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र ३ गते , विहीबार
हल्दिबारीका स्वास्थ्यकर्मी आन्दोलित

बिर्तामोड डाक्टरलाई अपशब्द प्रयोग गर्दै भौतिक आक्रमण गर्नेसम्मको धम्की पछि झापा हल्दिबारी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन   हल्दिबारी का ५२ बर्षीय काशी आचार्यले उपचारको क्रममा हल्दिबारी गाउँपालिकाका डाक्टर विकाश ढकाललाई अपशब्द प्रयोग गर्दै भौतिक क्षतिसमेत गर्ने चेतावनी दिएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन

स्वास्थ्यकर्मीहरुले विहिबार एक बिज्ञप्ति जारी गरि भौतिक क्षति गर्ने चेतावनी दिएको कार्यको भर्त्सना गर्दै आन्दोलनको चेतावनी दिएका हुन उनीहरुले चैत्र गते बिरामी भएर उपचारका लागि आएका आचार्यले डाक्टर ढकाललाई गालिगलौज गर्दै अपशब्द बोलेको भौतिक क्षतिसम्म गर्ने चेतावनी दिएको भन्दै आचार्यलाई कानुनी कारबाहीको माग गरेका छन

आचार्यलाई कारबाहीको माग गर्दै बिहिबार गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनलाई ज्ञापन पत्रसमेत बुझाएको गोल्धाप स्वास्थ्य चौकीका प्रमुख सिअहेव अधिकृत यामप्रसाद न्यौपानेले बताए तीन दिनभित्र पिडकलाई कानुनी कारबाही नगरिए आइतबारदेखि गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाका आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाबन्द गर्ने विज्ञप्तिमा उल्लेख

डाक्टर ढकालले आचार्यलाई स्वास्थ्य जाँचपछि आवश्यक औषधी लेखिदिएको तर आचार्यले अन्य औषधीसमेत घर लगेर राख्ने भन्दै मागे पछि डाक्टर ढकालले लक्षण नभएको रोगको औषधी दिन नमिल्ने बताएपछि विवाद भएको बताइएको  

स्वास्थ्यकर्मीद्वारा जारी विज्ञप्ति

सम्बन्धित समाचार