२०८३ बैशाख ५ गते , शनिबार

त्रिभुवन विश्व विद्यालयद्वारा प्राध्यापकलाई तालिम शुरु

sajilo news
परिवेश मिडिया
२०७८ चैत्र १ गते , मंगलबार
त्रिभुवन विश्व विद्यालयद्वारा प्राध्यापकलाई तालिम शुरु

बिर्तामोड । त्रिभुवन विश्व विद्यालयले कोरोना महामारी पछि पठन पाठनमा सुदृढिकरण गर्नका लागि प्रदेश स्तरको तालिम शुरु गरेको छ । नयाँ प्रविधिसँग अगाडि बढ्दै शिक्षा क्षेत्रमा परिवर्तन गर्ने उद्धेश्यले आजबाट झापाको बिर्तामोडस्थित कनकाई कलेजमा २ दिने तालिम शुरु गरेको हो । 
बिबिएस तहमा पढाउने पूर्वका झापा, इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङबाट २५८ जना प्राध्यापकहरु तालिममा सहभागी भएका छन् ।
त्रिभुवन विश्व विद्यालय किर्तिपुरले हाल सम्म प्रदेश ७ र ४ मा तालिम सम्पन्न गरिसकेको छ । शिक्षाको गुणस्तरमा सुधार गर्न कलेजका प्राध्यापकको मुख्य भुमिका हुने प्रा. डा. डिल्लीराज शर्माले बताए ।  डा. गोपाल थापाले अव नयाँ क्याम्पसलाई अनुमति नदिने बताउँदै पद्धति विकासमा जोड दिने बताएका छन । कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. पेशल दाहालले सहभागीलाई यो अवसर सदुपयोग गर्न आग्रह गरे । प्रा. डा.  प्रेम राज पन्तले प्रोजेक्टरको माध्यमबाट गुणस्तरीय शिक्षा प्रणाली बनाउनु पर्ने भन्दै विदेशको अनुभव  प्रस्तुत गर्दै अनुकरण गर्नु पर्ने बताएका छन ।  प्रा. डा. महाननद चालिसे, युगराज भट्टराई कृष्णचन्द्र शर्मा लगायत १० जनाको प्रशिक्षक टोली त्रिभुवन विश्व विद्यालयबाट प्रदेश १ मा आएका छन । 

सम्बन्धित समाचार