मानेभञ्ज्याङलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश
बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी नेपाल आइस पाँचौ झापा गोल्ड कपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । आजको खेलमा त्रिभुवन आर्मीले गोल ३-० गोल अन्तरले मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई पराजित गरेको हो ।
त्रिभुवन आर्मीको तर्फबाट खेलको १० मिनेटमै आर्मीका सन्तोष तामाङ्गले पहिलो गोल गरेका थिए । त्यस्तै ३५औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले दोस्रो गोल गर्न सक्षम भए । खेलको दोस्रो हाफमा त्रिभुवन आर्मीको तर्फबाट विकास तामाङ्गले तेस्रो गोल गर्दै आर्मीलाई जित दिलाए ।
मानेभञ्ज्याङको खेल उत्कृष्ट भएपनि गोल पोष्टमा प्रहार भने गर्न सकेन ।
आजको खेलको उत्कृष्ट खेलाडी बिजेता टीम त्रिभुवन आर्मीका बिकास तामाङ्ग घोषित भए । उनले ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
भोलिको खेल झापा ११ र आरपी फुटबल क्लब सिक्किमबिच हुने आयोजकले जनाएको छ ।