२०८३ बैशाख ५ गते , शनिबार

सुनको मूल्य आकाशिँदै, तोलाको १ लाख ३ हजार

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २३ गते , सोमबार
सुनको मूल्य आकाशिँदै, तोलाको १ लाख ३ हजार

विराटनगर सुनको मूल्य आकाशिएको छ । आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ ।
यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । यसपालि भाउ बढेर नयाँ रेकर्ड बन्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताएका छन्।
उनका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा पुगेको छ । अहिले रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ । दुई देशबीचको युद्धकै कारण सुनको भाउ समेत लगातार बढ्दै गएको छ।
नेपाल राष्ट्र बैंकले सुन आयातको कोटासमेत कटौती गरेको छ ।


सम्बन्धित समाचार