२०८३ बैशाख ५ गते , शनिबार

अब युट्युब च्यानल चलाउन दर्ता गर्नुपर्ने

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २२ गते , आईतबार
अब युट्युब च्यानल चलाउन दर्ता गर्नुपर्ने

काठमाडौँ  सरकारले युट्युब च्यानल सञ्चालन गर्न दर्ता गर्नुपर्ने व्यवस्था गरेको युट्युबसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको

राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो यो संशोधनले युट्युब त्यस्तै प्रकृतिका अन्य प्रशारणहरूलाई पहिलोपटक कानुनी दायरामा ल्याएको हो

नियमावलीले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न ओटीटी प्लेटफर्मका साथै इन्टरनेट मार्फत नियमित रुपमा श्रव्य दृश्य कार्यक्रम प्रशारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरेको संशोधित नियमावलीको नियम को उपनियम मा गरिएको परिभाषाअनुसार कुनै कार्यक्रम डीटीएच केवल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत गराइने सेवालाई ओटीटी भनिएको भने त्यसले इन्टरनेटमार्फत अरु प्लेटफर्म माथिको मिडियो स्ट्रिमिङ सेवा समेतलाई जनाउने उल्लेख त्यस्तै इन्टरनेट मार्फत आफैंले उत्पादन गरी नियमितरुपमा श्रव्यदृश्य कार्यक्रम प्रशारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनको रुपमा परिभाषित गरेको

नियमावलीअनुसार अब आफैंले उत्पादन गरी प्रशारण गर्ने अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिनका लागि लाख रुपैयाँ तिर्नुपर्नेछ त्यस्तो सामाग्री प्रकाशन गर्दा उपभोक्ताको उमेर अनुसार त्यसको वर्गीकरण गर्नुपर्नेछ बालबालिका सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाईयूरेटिङ, दश वर्षदेखि अठार वर्षसम्मको उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाईआररेटिङ अठार वर्षभन्दा माथिका उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमकालागि रेटिङ दिनुपर्नेछ

सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालले सरकारले अनलाइनमार्फत् हुने प्रशारणलाई नियमन गर्न नियमावलीमा संशोधन गरेर यस्तो व्यवस्था बनाएको बताए यो संशोधनले युट्युबसहित अन्य विभिन्न प्लेटफर्मबाट हुने प्रशारणलाई कानुनी दायरामा ल्याउँछ,’ उनले भने, ‘नियमावली राजपत्रमा प्रकाशित भइसकेको अब यो कार्यान्वयनमै आइसकेको यसबारे थप व्याख्या निर्देशिकामार्फत् आउनेछ

 

सम्बन्धित समाचार