२०८३ आश्विन १७ गते , शनिबार

अञ्चलमै पहिलो पटक झापामा रात्रिकालीन भलिबल हुने

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २१ गते , शनिबार
अञ्चलमै पहिलो पटक झापामा रात्रिकालीन भलिबल हुने

भद्रपुर । मेची अञ्चलमै पहिलोपटक रात्रिकालीन भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुरस्थित भद्रपुर माविको खेल मैदानमा रात्रिकालीन भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

खेलकुदको माध्यमबाट युवावर्गको सशक्तिकरण गर्ने उद्धेश्यले भद्रपुरमा हालै गठन भएको भद्रपुर युवा परिवारले प्रतियोगिता आयोजना गर्न लागेको हो । संस्था स्थापनाको अवसर पारेर आगामी चैत ६ गतेदेखि ८ गतेसम्म वडास्तरीय नकआउट रात्रिकालीन भलिबल प्रतियोगिता गर्न लागेको अध्यक्ष बिर्जु सहनीले जानकारी दिए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले प्रतियोगितामा विजेता टिमलाई नगद ३५ हजार र उपविजेता टिमलाई नगद २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र ट्रफिसहित पुरस्कृत गरिने जानकारी दिए ।

प्रदेश १ मै इटहरीपछि भद्रपुरमा गर्न लागिएको रात्रिकालीन भलिबल प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको युवा परिवारका कोषाध्यक्ष रविकुमार मुखियाले जानकारी दिए । प्रतियोगिताका लागि विभिन्न दाताहरु बाट सहयोग जुटाइने मुखियाको भनाइ छ ।

सम्बन्धित समाचार