२०८३ बैशाख ५ गते , शनिबार

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रति लिटर १५० रुपैयाँ

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १९ गते , विहीबार
ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रति लिटर १५० रुपैयाँ

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो ।
खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।
आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।
यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सह-प्रवक्ता पुष्कर कार्कीले बताए । फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
निगम सञ्चालक समितिले आर्थिक संकट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने निर्णय पनि गरेको छ ।
इन्डियन आयल कर्पोरेसनले मार्च १ तारिख पठाएको मूल्य सुचीमा मूल्य वृद्धि गरेर पठाएको थियो । स्वचालित प्रणाली अनुसार हरेक १५/१५ दिनमा इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई मूल्य सुुुुची पठाउने गरेको छ । युक्रेन र रुसबिचको द्वन्दको असर तेलमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रति  ब्यारेल अमेरिकी डलर ११६ पुगेको छ ।










सम्बन्धित समाचार