२०८३ बैशाख ५ गते , शनिबार
अब नेपालभित्र एक दिनमा २५ हजारमात्र रेमिटमार्फत पठाउन पाइने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आन्तरिक बिप्रेषण (रेमिट्यान्स) को सिमा घटाएको छ । केन्द्रीय बैंकले यस अघि एक दिनमा एक जनाले १ लाख रुपैँयासम्म रेमिट गर्न पाउँदै आएको सीमा २५ हजारमा झारेको हो ।
राष्ट्र बैंकले फागुन १८ गतेदेखि नै लागु हुनेगरी यस्तो सिमालाई घटाएको हो ।
केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका सब एजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा कारोबार गर्दा प्रति व्यक्ति प्रति कारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सिमा १ लाख रुपैयाँसम्म थियो ।