आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढायो
बिर्तामोड । इण्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले आज मार्च १ मा पठाएको मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।
आईओसीले प्रत्येक १५ दिनमा पठाउँदै आएको मूल्य सूची अनुसार आज पठाएको सूचीमा पेट्रोलियम पदार्थमो मूल्य वृद्धि गरी पठाएको नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गरि मूल्य वृद्धि सम्बन्धि जानकारी दिएको हो । निगमका अनुसार आईओसीले पेट्रोलमा ३ रुपैँया ८९ पैसा, डिजेलमा ३ रुपैँया ८ पैसा, १० रुपैँया ३० पैसा प्रतिलिटर वृद्धि गरेर पठाएको छ । त्यस्तै, हवाई इन्धनमा ३ रुपैँया ३२ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ९९ रुपैँया १७ पैसा वृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राप्त मूल्य सूची अनुसार निगमलाई मासिक ६ अर्ब रुपैँया घाटा हुने निगमले जनाएको छ । यस अघि आईओसीले १६ फेब्रुअरी (फागुन ४ गते) पठाएको सूचीमा समेत मूल्य वृद्धि गरी पठाएको थियो ।
रुस र युक्रेन बिचको द्वन्दको असर पेट्रोलियम पदार्थमा परेको छ । द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति व्यारेल अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेलसम्म बढेको बताइएको छ ।
