२०८३ बैशाख ६ गते , आईतबार

विपन्न विद्यार्थीलाई विर्तामोडले दियो पोशाक

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ११ गते , बुधबार
विपन्न विद्यार्थीलाई विर्तामोडले दियो पोशाक

झापा बिर्तामोड नगरपालिकाले नगरभित्रका हजार सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण गरेको पालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पोशाक वितरण गरेको हो

नगरका सामुदायिक विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा सम्मका छात्र छात्रालाई विद्यालय पोशाक वितरण गरिएको पालिकाले जनाएको नगरभित्रका १७ वटा सामुदायिक विद्यालयमा पुगेर पोशाक वितरण गरिएको हो फागुन गते बुधबारदेखि शुरु गरिएको पोशाक वितरण अभियानमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रुमख पवित्रा महतारा प्रसाई,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायत सहभागी थिए

नगरप्रमुख ध्रवकुमार शिवाकोटीले सामुदायिक विद्यालयमा पुगेर अनुगमन गर्दा अभिभावकहरुले ड्रेस किन्न नसकेकाकारण धेरै वालवालिका विद्यालय जानबाट बञ्चित भईरहेको पाइएकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर पोशाक वितरण गरिएको बताए

यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले पोशाक वितरणले अभिभावकहरुलाई थोरै भएपनि राहत मिलेको बताइन उनले सामुदायिक विद्यालयहरुको पढाईको स्तरलाई गति दिनको लागि विद्यालय व्यवस्थापन समिति,अभिभावक,शिक्षक लगायत सबैको साथ सहयोग हुनु पर्नेमा जोड दिइन

बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका अझै वटा विद्यालयमा पोशाक वितरण गर्न बाँकी बिर्तामोड मा रहेको साङ्गवेद संस्कृत माध्यमिक विद्यालय, बिर्तामोड को मदरसा तालेमुल कुरान बिर्तामोड मा रहेको हरिहर आश्रमका विद्यार्थीहरुलाई पोशाक वितरण गर्न बाँकी रहेको ती विद्यालयमा पनि चाँडै पोशाक वितरण गरिने नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए

सम्बन्धित समाचार