२०८३ बैशाख ५ गते , शनिबार
रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट

काठमाडौं । रञ्जु दर्शनाले इन्गेजमेन्ट गरेकी छिन् ।
उनले किसोर कुइँकेलसँग शुक्रबार इन्गेजमेन्ट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेका छौं ।’

काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएर एकाएक चर्चामा आएकी दर्शना पछिल्लो समय विवेकशिल साझा पार्टीबाट अलग्गिने निर्णय गरेकी थिइन् ।