२०८३ बैशाख ५ गते , शनिबार

नेपालमै थालियो क्यान्सर रोग विरुद्धको औषधी उत्पादन

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ४ गते , बुधबार
नेपालमै थालियो क्यान्सर रोग विरुद्धको औषधी उत्पादन

काठमाण्डौ नेपालमा पहिलोपटक क्यान्सर रोग विरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) उत्पादन गर्न थालिएको टिजिग फर्मा प्रालिले नेपालमै पहिलो पटक क्यान्सर रोग विरुद्धको औषधि उत्पादन थालेको हो

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले स्वदेशभित्रै बिक्री वितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त गरेको बताए उनले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको जानकारी दिए वैद्यले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी विदेशी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी टिजिग भएको दाबी समेत गरे

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्ट्याण्डर्ड, नेपालको प्रविधि हस्तान्तरणसम्बन्धि ऐन औषधि उत्पादन निर्देशिकामा आधारित भई क्यान्सरको औषधि उत्पादन गरेको वैद्यको दावी   उनले कम्पनीको उत्पादन विश्वस्तरकै रहेको जिकिर समेत गरे

सम्बन्धित समाचार