२०८३ बैशाख ६ गते , आईतबार

झापामा बन्दको आंशिक प्रभाव, ४ जना बन्दकर्ता पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ४ गते , बुधबार
झापामा बन्दको आंशिक प्रभाव, ४ जना बन्दकर्ता पक्राउ

बिर्तामोड अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को विरोध गर्दै आह्वान गरिएको बन्दको झापामा आंशिक प्रभाव परेको आजको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेपछि त्यसको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, (नेपाल), नेकपा (क्रान्तिकारी माओवादी) लगायतले एकदिने बन्द आह्वान गरेका थिए

बन्दका कारण लामो दुरीका सवारी कम चलेका छन् भने प्रमुख शहरका पसलहरु खुलेका छन् धेरै जसो विद्यालयहरु भने बन्द गरिएको विद्यालयले अभिभावकहरुलाई असहज परिस्थितीका कारण भन्दै आज विद्यालय बन्द हुने सूचना पठाएका छन् सडकमा सुरक्षा निकायको बाक्लो उपस्थिती रहेको बन्दको सूचना पाएसँगै गृह मन्त्रालयले सुरक्षा निकायलाई पत्राचार गरेर कानून विपरीतका गतिविधीहरु हुन नदिन जिल्लाको समग्र शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएको थियो

बन्द गराउँदै हिड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको झापाको दुर्गापुरबाट वैज्ञानिक समाजवादी पार्टीका तीन जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी झापाका सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए पाठकका अनुसार प्रहरीले मेचीनगरको कालीखोला क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीका एक जनालाई पक्राउ गरेको  

सम्बन्धित समाचार