२०८३ आश्विन १७ गते , शनिबार

भन्सार छलेर ल्याएको ८,४१,३९७ रुपैँयाको औषधी बरामद

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन ४ गते , बुधबार
भन्सार छलेर ल्याएको ८,४१,३९७ रुपैँयाको औषधी बरामद

बिर्तामोड । प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ८ लाख ४१ हजार ३९७ रुपैँया बराबरको औषधी बरामद गरेको छ । सोमबार राती साढे ११ बजे कचनकवल १ कुट्टिबाट उक्त औषधी बरामद गरेको जनाएको छ ।

शंकास्पद अवस्थामा हिडिरहेका दुई जना मानिसले अस्थायी प्रहरी चौकी कुट्टिबाट गस्तीमा खटिएको प्रहरीलाई देखेर औषधीका बोराहरु छाडेर भागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । प्लाष्टिकका बोरामा भन्सार छलेर ल्याएका उक्त औषधी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  

औषधीको सूची तल हेर्नुहोस

सम्बन्धित समाचार