२०८३ बैशाख ५ गते , शनिबार

अभिनेत्री रेखा थापाले गरिन् ‘कोर्ट म्यारिज’

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन २ गते , सोमबार
अभिनेत्री रेखा थापाले गरिन् ‘कोर्ट म्यारिज’

काठमाण्डौ अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् आफूले केही दिनअघि बलराम शाही ठकुरीसँगकोर्ट म्यारिज गरेको थापाले जानकारी दिइन्।

थापा शाही लामो समयदेखि प्रेममा थिए ४० वर्षीय शाही ठकुरी विदेशमा बस्दै आएका छन् उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्

थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन् अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्

३७ वर्षीया थापा पछिल्लो समय राजनीतिमा पनि सक्रिय भएकी थिइन्   गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेपनि पराजित बनिन्  

   

सम्बन्धित समाचार