२०८३ बैशाख ६ गते , आईतबार

आइपीओ जारी गर्दै जाल्पा लघुवित्त वित्तीय संस्था

sajilo news
परिवेश मिडिया
२०७८ माघ १५ गते , शनिबार
आइपीओ जारी गर्दै जाल्पा लघुवित्त वित्तीय संस्था

बिर्तामोड । पोखरा ८ सिमलचौरमा प्रधान कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । संस्थाले माघ २१ गतेबाट आइपीओ निष्कासन गर्ने भएको हो ।
लघुवित्तले ५ करोड २२ लाख रुपैँया बराबरको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैँया अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्नेछ ।
यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।
जाल्पाको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने भएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार