२०८३ बैशाख ५ गते , शनिबार

कृपा पौडेललाई जिताउन अभियानको अपिल

sajilo news
परिवेश मिडिया
२०७८ माघ १२ गते , बुधबार
कृपा पौडेललाई जिताउन अभियानको अपिल

बिर्तामोड । सारेगम लिटल च्याम्पको फाइनल राउण्डमा पुग्न सफल बिर्तामोड २ झापाकी कृपा पौडेललाई जिताउन कृपा पौडेल जिताउ अभियानले अपिल गरेको छ । बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले कृपालाई जिताउन आग्रह गरेको हो ।
झापाको मोहनमाया माविमा कक्षा ९ मा अध्ययनरत १४ बर्षीया कृपा सारेगमपको करिब एक लाख सहभागीबाट उत्कृष्ट ५ मा पर्न सफल भएकी छिन । सानै उमेरदेखि नै संगीतमा रुचि राख्ने कृपा ६ बर्षको उमेरदेखि सरगम संगीतालयमा संगीत सिक्दै आएको उनका बुवा कुमार पौडेलले जानकारी दिए । शास्त्रीय संगीतमा रुचि राख्ने कृपा केही समय अघि शिव स्तोत्र गाएपछि चर्चामा आएकी थिइन ।
बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको संयोजकत्वमा पूर्वकी सान कृपा पौडेल जिताउ अभियान बनाएर कृपालाई जिताउन काम गरिरहेको छ । माघ २२ गते सारेगमपको फाइनल कार्यक्रम हुने र सो दिन राती ९ बजेसम्म भोट गर्न सकिने अभियानले जनाएको छ । अभियानका अनुसार कृपालाई भोट गर्न तीनवटा विकल्प रहेको छ । मोबाइलको म्यासेज बक्समा गएर SGMP 09 लेखेर 33001 मा पठाउन सकिन्छ । त्यस्तै momo app डाउनलोड गरेर त्यहाँबाट पनि भोट गर्न सकिने छ । momo को वेबसाइट voting.momoappnepal.com मा गएर पनि भोट गर्न सकिने अभियानले जनाएको छ ।
कार्यक्रममा सुमधुर स्वरकी ध्वनी पौडेललाई जिताउन उनका बुवा कुमारले सबैलाई आग्रह गरे । 

सम्बन्धित समाचार