२०८३ बैशाख ६ गते , आईतबार

कोरोनाका कारण रोकियो प्रधानमन्त्रीको विवाह

sajilo news
परिवेश मिडिया
२०७८ माघ १० गते , सोमबार
कोरोनाका कारण रोकियो प्रधानमन्त्रीको विवाह

वेलिङ्टन कोभिडविरुद्धको प्रतिबन्धका कारण न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको विवाह रोकिएको भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएपछि न्युजिल्यान्डमा पछिल्ला दिनहरूमा प्रतिबन्धहरू कडा पारिएको सार्वजनिक यातायात, पसल, रेस्टुराँलगायतमा कोभिडविरुद्धको खोप लगाएका बढीमा सय जनालाई प्रवेश दिइएको

प्रधानमन्त्री आर्डनले आइतबार पत्रकारहरूसँग कुरा गर्दै प्रेमी क्लार्क गेफर्डसँगको विवाहको कार्यक्रम रोकेको बताएकी हुन् बिलकुल फरक छैन हजारौं न्युजिल्यान्डवासी महामारीका कारण निकै प्रभावित भएका छन्,’ उनले भनिन् न्युजिल्यान्डमा कोभिड१९ का कारण हालसम्म १५ हजार सय जना संक्रमित हुनुका साथै ५२ जनाको मृत्यु भइसकेको न्युजिल्यान्डमा जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि आइतबारदेखि प्रतिबन्धात्मक नियमहरू जारी गरिएको हो

नयाँ नियमअनुसार कुनै पनि समारोहमा खोप लगाएका सय जना वा खोप पास नभएका २५ जनालाई मात्र प्रवेश अनुमति दिइएको यो नियम व्यायामशाला तथा विवाह समारोहमा पनि लागू गरिएको त्यस्तै, कक्षा वा सोभन्दा माथिका विद्यार्थीलाई पनि विद्यालयमा मास्क अनिवार्य गरिएको कोभिड१९ को प्रकोप देखिएसँगै थप फैलन नदिन न्युजिल्यान्ड सरकारले कडा प्रतिबन्धात्मक नियम जारी गर्दै आएको तर डेल्टा भेरिएन्ट देखिएसँगै प्रधानमन्त्री आर्डनले नियम कडा पार्नुभन्दा खोप अभियानलाई तीव्र पारेकी छन्

न्युजिल्यान्डमा १२ वर्षभन्दा माथिका कम्तीमा ९४ प्रतिशतले कोभिडविरुद्धको खोप लगाइसकेका छन् ५६ प्रतिशतले बुस्टर डोजसमेत लिइसकेका जनाइएको आर्डनका प्रेमी गेफर्ड टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् लामो समयदेखि सँगै बस्दै आएका उनीहरूले गत वर्ष छोरी जन्माएका थिए पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोपछि पदमै रहेका बेला आमा बन्ने आर्डन दोस्रो महिला प्रधानमन्त्री हुन्

आर्डनले संयुक्त राष्ट्रसंघको एक बैठकमा सहभागी हुने क्रममा चार महिनाकी छोरीलाई काखमा लिएर पुगेपछि चर्चामा आएकी थिइन् उनले संसारभरका कामकाजी महिलालाई जागिर जिम्मेवार पदमा रहँदा पनि आमाको जिम्मेवारी सम्हाल्न सकिन्छ भन्ने सन्देश दिएकी भन्दै निकै प्रशंसा भएको थियो आर्डन गेफर्डबीच पहिलो पटक सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भेट भएको थियो ४१ वर्षीया आर्डन २८ वर्षको उमेरमा नै सांसद बनेकी थिइन् इकान्तिपुरबाट

 

सम्बन्धित समाचार