२०८३ आश्विन १६ गते , शुक्रबार

अनियमितता बढेपछि सहकारी अनुगमन गर्दै राष्ट्र बैंक

sajilo news
परिवेश मिडिया
२०७८ माघ ९ गते , आईतबार
अनियमितता बढेपछि सहकारी अनुगमन गर्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैँकले सहकारीको अनुगमन गर्ने भएको छ । ठूलो कारोबार गर्ने सहकारी संस्थाहरू समस्याग्रस्त हुन थालेपछि नेपाल राष्ट्र बैंकले अनुगमन गर्न लागेको हो ।

प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको सिभिल सहकारी संस्था समस्याग्रस्त भएसँगै सरकारलाई सहकारीको अनुगमन प्रभावकारी बनाउन दबाब छ । यसैगरी सहकारीबाट पीडित सर्वसाधारणले बचत फिर्ताको माग गर्दै सडकमा आन्दोलनसमेत गर्न थालेका छन् ।

‘नियमन प्रभावकारी नहुँदा ठूला सहकारीमा समस्या देखिन थालेको छ,’ विभागका रजिस्ट्रार झलकराम अधिकारीले भने, ‘त्यसैले राष्ट्र बैंकसहितको संयुक्त टोली बनाएर अनुगमनलाई व्यापक बनाउँदै छौं ।’

 

सम्बन्धित समाचार