२०८३ आश्विन १७ गते , शनिबार

बहुविवाह मुद्धाका फरार प्रतिवादी पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ माघ ७ गते , शुक्रबार
बहुविवाह मुद्धाका फरार प्रतिवादी पक्राउ

बिर्तामोड । प्रहरीले साविक दमक वडा नम्बर १ का ३३ बर्षीय सुनिल माझीलाई पक्राउ गरेको छ । माझीलाई बहुविवाह कसुरमा ६ बर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

माझीलाई जिल्ला अदालत झापाले २०७२ असार ३० गते दोषी ठहर गर्दै एक बर्ष कैद र पाँच हजार रुपैँया जरिवाना तोकेको थियो ।  जिल्ला प्रहरी कार्यालय झापा ले प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वयमा धरान ११ पानीटंकीबाट पक्राउ गरी माघ ६ गते जिल्ला अदालत भद्रपुर उपस्थित गराएको थियो । माझीको पीसीआर परिक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपश्चात कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 

 

सम्बन्धित समाचार