२०८३ आश्विन १७ गते , शनिबार

प्रदेश २ अब ‘मधेस प्रदेश’, राजधानी जनकपुर

sajilo news
परिवेश मिडिया
२०७८ माघ ४ गते , मंगलबार
प्रदेश २ अब ‘मधेस प्रदेश’, राजधानी जनकपुर

जनकपुर । प्रदेश २ को नाम ‘मधेस प्रदेश’ नामकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकबाट २ तिहाई मतले प्रदेश २ लाई मधेस प्रदेश नामकरण गरिएको हो ।

प्रदेश सभामा सोमबार भएको मतदानमा प्रदेश २ को नाम मधेस पारित भएको छ । दुई तिहाई बहुमतले पारित भएपछि अब प्रदेश २ को नाम मधेस प्रदेश भएको छ । झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको हो ।

सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो । विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो । योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निस्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरे ।

सम्बन्धित समाचार