२०८३ बैशाख ६ गते , आईतबार
झापा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
बिर्तामोड । झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका ४ का ७७ वर्षीय जगतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । हिजो साँझ ६ः४५ बजे भद्रपुर–बनियानी सडकखण्डको झिलमिली पुल छेउमा मे १० प ४४१९ नम्बरको मोटरसाइकलले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको भद्रपुरस्थित ओमआई पाथिभरा अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने चालक कचनकवल गाउँपालिका ७ बस्ने २४ वर्षीय माधवप्रसाद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।