२०८३ बैशाख ६ गते , आईतबार

उच्च अदालतद्वारा सञ्चार प्रतिष्ठान खारेज गर्ने निर्णय सदर

sajilo news
परिवेश मिडिया
२०७८ पौष २८ गते , बुधबार
उच्च अदालतद्वारा सञ्चार प्रतिष्ठान खारेज गर्ने निर्णय सदर

विराटनगर प्रदेश को पछिल्लो सरकारले खारेज गरेको प्रादेशिक सञ्चार प्रतिष्ठान उच्च अदालत विराटनगरले सदर गरेको

अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले प्रतिष्ठान खारेजीविरुद्धको रिटमाथि सुनुवाई गरेको अदालतका सूचना अधिकारी ओम सुवेदीले बताए

प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गर्ने प्रदेश मन्त्रिपरिषद्को सक्कल निर्णय झिकाउन उच्च अदालत विराटनगरले आइतबार आदेश दिएको थियो

प्रतिष्ठान खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए रिट खारेज सँगै कार्यकारी निर्देशक शर्माको पद पनि खारेज भएको

तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको मन्त्रिपरिषद्को २०७७ पुस को निर्णयले शर्मालाई चार वर्षका लागि प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो

तत्कालीन सरकार निकट मानिसहरुको भर्ती केन्द्रको रुपमा रहेको प्रतिष्ठान खारेजीको माग उठेपछि मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषद्को मंसिर को बैठकले प्रतिष्ठान खारेज गर्ने निर्णय गरेको थियो

यस्तै, मुख्यमन्त्री राई नेतृत्वको मन्त्रिपरिषद्ले प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णयमा पनि उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको अदालतले बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिइसकेको बोर्डको अन्तिम सुनुवाइ हुन बाँकी

 

सम्बन्धित समाचार