२०८३ बैशाख ६ गते , आईतबार
कृषिफर्ममा आगलागीहुँदा लाखौँको क्षति
बिर्तामोड । झापाको बिर्तामोड ३ मा रहेको पूर्वीकिरण कृषि फर्ममा आगलागी भएको छ । आगलागीबाट १३ लाखबढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
मंगलबार विहान पाउने ९ बजे आगलागी भएको फर्मका सञ्चालक अविचन्द्र रिजालले जानकारी दिए । विद्युत सर्ट भई आगलागीहुँदा फर्मको गोदाममा भएको सामानहरु जलेर नष्ट भएको उनले बताए । गोदाममा कुखुरा लगायत जनावरमा प्रयोग गर्न राखेको महंगो मुल्यको प्रोबायोटिक औषधी जलेको उनले बताए ।
बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।