२०८३ बैशाख ६ गते , आईतबार

मोटरसाईकल दुर्घटनामा धुलाबारीका युवाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष २५ गते , आईतबार
मोटरसाईकल दुर्घटनामा धुलाबारीका युवाको मृत्यु

बिर्तामोड । सुनसरीको ईटहरी उपमहानगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा झापा धुलाबारीका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा २२ बर्षीय रोशन बिश्वकर्माको मृत्युु भएको प्रहरीले जनाएको छ ।
इटहरीको डिबिएम बोडिङ छेउमा हिजो राती साढे ९ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे१प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी धरान घोपा पुर्याउनसाथ मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार