२०८३ बैशाख ६ गते , आईतबार
गोविन्दको अध्यक्षतामा अर्जुनधारा ११ मा नेपाल तामाङ घेदुङ संघ गठन
बिर्तामोड । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ मा नेपाल तामाङ घेदुङ संघ गठन भएको छ । गोविन्द तामाङ मोक्तानको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।
शनिबार भएको भेलाबाट उपाध्यक्षद्वयमा देवी तामाङ पाख्रीन र स्यामलाल तामाङ मोक्तान चयन भएका छन् । त्यस्तै, सचिवहरु ओमबहादुर तामाङ मोक्तान र जितबहादुर तामाङ, सहसचिवहरु पासाङ तामाङ र दिलमाया तामाङ र कोषाध्यक्ष माया तामाङ चयन भएको अध्यक्ष गोविन्द तामाङ मोक्तानले जानकारी दिए ।
समितिका अन्य सदस्यहरु भुवन तामाङ, अञ्जना तामाङ, सुर्यकुमारी तामाङ, कृष्णमाया तामाङ घिसिङ, चरण तामाङ स्याङबो, नरेश तामाङ योञ्जन र श्याम तामाङ थिङ रहेका छन् ।