२०८३ बैशाख ६ गते , आईतबार

थन्किएका रेलको ईनर्वा–कुर्था परीक्षण

sajilo news
परिवेश मिडिया
२०७८ पौष २४ गते , शनिबार
थन्किएका रेलको ईनर्वा–कुर्था परीक्षण

जनकपुर लामो समयदेखि ईनर्वा रेल्वे स्टेशनमा थन्क्याएर राखिएको नेपाल रेल्वेको दुई सेट रेल ४७६ दिनपछि गुडाइएको त्रिपाल ओढाइराखिएको उक्त रेलको शनिबार ईनर्वादेखि कुर्थासम्म गुडाएर परीक्षण गरिएको हो

सम्बद्ध प्राविधिकहरूले रेलको परीक्षण सफल भएको जानकारी दिएका छन् उक्त रेल २०७७ साल असोज गते भारतीय कम्पनी कोंकन रेल्वे कार्पोरेशनका मेकानिकल विभागका प्रमुख दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए

हस्तान्तरण भएको साढे १४ महिनादेखि दुवै थान रेल सेट सशस्त्र प्रहरीको सुरक्षामा ईनर्वामा राखिएका थिए एक वर्षे वारेन्टीसहित नेपाल रेल्वेले भारतीय कम्पनीसँग उक्त रेल सेट ८४ करोड ६५ लाखमा खरिद गरेको थियो

साढे १४ महिनादेखि रोकेर राखिएका रेल सेटको इन्जिन, ब्याट्री, चक्का, नाइनल, पिस्टन, जेनरेटर, मोबिल आदिमा खराबी आए÷नआएको जाँच गर्न परीक्षण गरिएको महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा भइसकेकोले फेब्रुअरी मध्यसम्म नियमित रेल सेवा सञ्चालन हुने महाप्रबन्धक झाले बताएका छन्

परीक्षण सञ्चालनमा महाप्रबन्धक झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलासहित सुरक्षा निकायका उच्च अधिकारीहरू पनि सहभागी थिए

प्राथमिक चरणमा रेल सञ्चालन गर्न तथा नेपाली प्राविधिकहरूलाई तालिम दिन भारतको कोंकन रेल्वे कार्पोरेशन नेपाल रेल्वेबीच डेढ वर्षअघि तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईकै पालामा समझौता भएको थियो समझौता अनुसार कोंकन रेल्वे कार्पोरेशनले २६ सदस्यीय चालकसहितका प्राविधिक टोली उपलब्ध गराउने तथा सोही टोलीले रेल सञ्चालनमा सहयोग गर्नुका साथै नेपाली प्राविधिकलाई तालिम दिने उल्लेख

रेल्वे कम्पनी श्रोतबाट प्राप्त जानकारी अनुसार प्राविधिक सहयोग गरेवापत भारतीय कम्पनीलाई २२ करोड भारतीय रुपैयाँ भुक्तानी गर्नु पर्ने जसको पहिलो किस्ता भारतीय कम्पनीलाई भुक्तान गरिसकिएको महाप्रबन्धक झाले बताए

शनिबार सोही कोंकन रेल्वे कार्पोरेशनका चालकदलले रेल गुडाएका हुन् कार्पोरेशनका जना प्राविधिक गत सातादेखि सीमावर्ती भारतीय नगर जयनगरमा छन् विधिवत रेल सञ्चालन हुनुअघि नेपाली प्राविधिकलाई तालिम दिनु आवश्यक भएको उल्लेख गर्दै नेपाल रेल्वे कम्पनीले पुस २६ गतेदेखि जनकपुरको मत्स्य विकास केन्द्रमा १५ दिने तालिम सञ्चालन गर्दैछ श्रोतका अनुसार तालिममा सहभागी हुने ५५ कर्मचारीको नाम पनि सम्बन्धित निकायलाई बुझाइसकिएको

तर तालिममा सहभागी हुने कर्मचारीहरूको नाम भने सार्वजनिक गरिएको छैन यस्तै तोकादेशको आधारमा कर्मचारी भर्ना गरिने बुझिएको तत्कालीन महाप्रबन्धक भट्टराईले यसअघि तोकादेशको आधारमा नियुक्त गरेका कर्मचारीको हाजिर वर्तमान महाप्रबन्धक झाले भने रोक्का गरेका थिए जबकि तीमध्ये केही कर्मचारीले कोंकन रेल्वे कार्पोरेशनका प्राविधिकहरूसँग पहिलो चरणको तालिमसमेत लिइसकेका थिए कार्पोरेशनले उक्त तालिमवापत ८० लाख रुपैयाँ नेपाल रेल्वे कम्पनीसँग भुक्तानी गर्न ताकेता गरेको

सम्बन्धित समाचार