२०८३ बैशाख ६ गते , आईतबार

पत्रकार महासंघ झापाको भवन स्तरोन्नती आरम्भ

sajilo news
परिवेश मिडिया
२०७८ पौष २३ गते , शुक्रबार
पत्रकार महासंघ झापाको भवन स्तरोन्नती आरम्भ

बिर्तामोड नेपाल पत्रकार महासंघ झापा शाखाले बिर्तामोडको नयाँ बसपार्कमा अवस्थित भवनको तला थप्ने कार्य शुरु गरेको

शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नं. का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की नेपाल पत्रकार महासंघ प्रदेश नं. का अध्यक्ष लीला बल्लभ घिमिरेले संयुक्त रुपमा भवन स्तरोन्नतीको शुभराम्भ गरेका हुन्

भवन निर्माण शुभराम्भ गर्दै पूर्व मन्त्री कार्कीले निष्पक्ष पत्रकारितामा जोड दिए उनले आगामी दिनमा पनि पत्रकार महासंघलाई आवश्यक सहयोग रहने प्रतिवद्धता जनाएका छन्

महासंघ प्रदेश नं. अध्यक्ष घिमिरेले पत्रकारको क्षमता अभिबृद्धिका लागि प्रदेश समिति क्रियाशील रहेको बताए अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले नगरको तर्फबाट पनि भवन निर्माणमा सहयोग रहने विश्वास दिलाए

महासंघ झापाको कार्यालय भवन स्तरोन्नतीका लागि प्रदेश सरकारले ४० लाख बिर्तामोड नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको कार्यक्रममा मन्त्रालयका उपसचिव ओमकारप्रसाद न्यौपानेले पनि शुभकामना मन्तव्य राखेका थिए

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, प्रदेश समितिका महासचिव विवेक गौतम, कोषाध्यक्ष विमल लामिछाने, झापा शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, प्रेस सम्बद्ध संघ/संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थति रहेको थियो

महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए  

सम्बन्धित समाचार