२०८३ बैशाख ६ गते , आईतबार

विद्युतीय रेलमार्गअन्तर्गत झापाको डिमार्केसनको काम तत्काल सक्ने निर्णय

sajilo news
परिवेश मिडिया
२०७८ पौष २२ गते , विहीबार
विद्युतीय रेलमार्गअन्तर्गत झापाको डिमार्केसनको काम तत्काल सक्ने निर्णय

चन्द्रगढी । काँकडभिट्टाइनरुवा खण्ड अन्तर्गत झापामा पर्ने मेचीमहाकाली विद्युतीय रेलमार्गको जग्गा अधिग्रहण तथा मुआब्जा  निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको

संवाद समूहको संयोजनमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित प्रमुख राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिको विहिबार जिल्ला प्रशासन कार्यालय झापामा भएको बैठकले त्यस्तो निर्णय गरेको हो प्रजिअ तिमिल्सिनाले प्रशासन कार्यालयका तर्फबाट हालसम्म भएको पहल प्रगति बारे जानकारी गराएका थिए रेल्वेका लागि नक्सांकन भएका झापाका वटै पालिकाको वडास्तरसम्म पुगेर  रेल्वे प्रभावित क्षेत्रको लगत सङ्कलन कार्य सम्पन्न भएको यसबारेमा  केही प्रमाणीकरण गर्न बाँकी रहेको भए तत्काल सम्पन्न गर्ने निर्णय भएको त्यस्तै रेल्वे अन्तर्गत मोरङ सुनसरीमा डिमार्केसनको काम भइरहेकोमा अब एक महिनाभित्र झापामा डिमार्केसन गरी पिलर गाड्ने कार्य सम्पन्न गर्ने निर्णय भएको

अब एक सातामा डिमार्केसन गरी पिलर गाड्ने कार्य सुरु गरिने रेल योजना कार्यालय दमकले जनाएको   डिमार्केसन सकिए लगत्तै रेल्वेमा नपर्ने जग्गाको रोक्का फुकुवा गर्ने बैठकले निर्णय गरेको त्यसै गरी रेल्वे क्षेत्रमा पर्ने जग्गाको मुआब्जा निर्धारण तत्काल गर्न सक्ने गरी तयारी हालतमा रहने निर्णय भएको झापाको हकमा प्रचलित दररेट अनुसार मुआब्जा निर्धारणको काम लगभग सकिएको बुझिएको तर, मुआब्जा निर्धारण गर्न स्रोत सुनिश्चितता गर्नुपर्न भएकाले उक्त कार्यको लागि रेल आयोजना कार्यालय, राजनीतिक दल लगायत सरोकारवाला निकायहरूले  सक्रिय रुपमा पहल गर्ने निर्णय भएको स्रोत सुनिश्चित गर्न दलहरूले सरकारको ध्यानाकर्षण समेत गराएका छन्

हाल रेल योजना कार्यालय अन्तर्गत प्रदेश मा मुआब्जा वितरणका लागि एक अर्ब ६६ करोड रुपैयाँ मात्र रहेको तर, मुआब्जाका लागि करिब २५ अर्ब आवश्यक पर्ने बताइँदै आएको आवश्यक स्रोत सुनिश्चितताका लागि रेल योजना कार्यालयको समन्वयमा झापा, मोरङ सुनसरीका राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिहरू प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजना मन्त्री समक्ष माघ दोस्रो साता भित्र डेलिगेसन जाने विषयमा समेत बैठकमा छलफल भएको

 

सम्बन्धित समाचार