२०८३ बैशाख ६ गते , आईतबार

रोकिएन लागुऔषध कारोबार

प्रयोगकर्ता पक्राउ परेपनि कारोबारी पक्राउ पर्दैनन्

sajilo news
परिवेश मिडिया
२०७८ पौष २२ गते , विहीबार
रोकिएन लागुऔषध कारोबार

बिर्तामोड प्रहरीले लागुऔषध नियन्त्रणमा सक्रियता बढाएपनि यसको प्रयोग भने घटेको छैन झापामा पछिल्लो समय दैनिकजसो लागुऔषधसहित मानिस पक्राउ परिरहेका छन्

गत आर्थिक बर्षमा झापा प्रहरीले लागुऔषध सम्बन्धि मुद्दामा ३०७ जनालाई पक्राउ गरी १९५ वटा मुद्दा दर्ता गरेको थियो प्रहरीले चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा १२८ जनालाई लागुऔषधसहित पक्राउ गरी ८० वटा मद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए

यो अवधिमा प्रहरीले पक्राउ परेकाहरुको साथबाट डाइजेपाम एम्पुल, लुपिजेसिक एम्पुल, फेनारगन एम्पुल बरामद गरेको

त्यस्तै नाइट्रोजन÷नाइट्रोभेट ७७५ चक्की, ब्राउन सुगर ५८८.८३५ ग्राम, अफिम ११ ग्राम गाँजा ११ केजी ७०१ ग्राम ८८ मिलिग्राम बरामद गरेको

इस्कुफ ४९ बोत्तल, चनवेट ट्याब्लेट १५० चक्कीविन्स्पस्मो फोर्ट २१ चक्की कोरेक्स बोत्तल बरामद गरिएको प्रवक्ता पाठकले बताए

प्रहरीले लागुऔषध प्रयोगकर्तालाई धमाधम पक्राउगरी मुद्दा चलाएपनि ठूला कारोबारीलाई भने पक्राउ गर्न सकेको छैन

लागुऔषध -नियन्त्रण_ ऐन २०३३ तथा केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७२ ले लागुऔषधको खेती, सेवन, कारोबार, ओसारपसारमा संलग्न तथा त्यस्ता कार्य गर्न सहयोग गर्ने ब्यक्तिलाई कसुरको प्रकृतिअनुसार २५ लाख रुपैयाँसम्म जरिवाना तथा जन्मकैदसम्म सजाय हुने व्यवस्था गरेको

झापामा पछिल्लोसमय लागुऔषधमा संलग्न व्यक्तिहरु बढेको तथ्यांकले देखाएको नेपाल प्रहरीले लागुऔषध नियन्त्रण ब्युरो नै बनाएर काम गरे पनि अपेक्षाकृत उद्देश्य हासिल हुन सकेको छैन

झापामा लागुऔषध दुव्र्यसनीमा संलग्नहरु बढ्नुमा मुख्यतः खुला सीमाना, बढ्दो जनघनत्व, यातायातको सहज पहुँच रहेको जानकारहरु बताउँछन् खुला सीमा नाका हुँदा सहज रुपमा वारिपारी आउजाउ हुने भएकाले लागुऔषधको कारोबार बढेको उनीहरुको भनाइ

कतिपय प्रयोगकर्ता लागुऔषध सेवन गर्न सीमापारी भारतीय बजार नै पुग्ने गरेका छन् भने भारतीय बजारबाट लुकाईछिपाई नेपालमा ल्याएर प्रयोग गर्नेको संख्या झन् धेरै प्रहरीका अनुसार लागुऔषध कारोबारमा संलग्नहरूले पैसाको प्रलोभनमा सामान्य मानिसलाई भरियाको रुपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ उनीहरुले झापाको काँकरभिट्टा, भद्रपुर, कचनकवल साथै दक्षिणी नाकाहरु साथै इलामसँग सिमाना जोडिएको दमकको माथिल्लो भाग प्रयोग गर्ने गरेका छन्

गरिबी, शैक्षिक चेतनाको अभाव, पारिवारिक वातावरण, साथी संगत, बेरोजगारी आदिका कारण मानिसहरु दुरब्यसनीमा फस्ने गरेको प्रहरी नायव उपरीक्षक राकेश थापा बताउँछन् परिवारमा अभिभावकबीच हुने झैझगडा, ब्यक्तिको मानसिक कारण आदिले पनि मानिसलाई दुरब्यसनमा फसाउने गरेको उनको भनाइ

परिवारमा सही अभिभावकत्व नपाएर साथै अभिभावक गुमाएर सडक बालबालिका बनेकाहरू पनि दुरब्यसनको सिकार बन्ने गरेको पाइन्छ त्यस्ता बालबालिकाहरु सस्तो सहज रुपमा बजारमा पाइने डेन्ड्राइट, खोकीको औषधि तथा अन्य ट्याब्लेट आदि प्रयोग गरि नशामा लठ्ठिने गरेका छन्

दुरब्यसनीले प्रयोग गर्ने डाइजेपाम निद्रा लगाउन, रक्सीको लत छुटाउन, छारे रोग आदिमा प्रयोग गरिनुका साथै फेनार्गन दुखाई कम गर्न, अपरेशन गरिसकेका बिरामीहरुलाई प्रयोग गरिने मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर आभाष निरौलाले जानकारी दिए

त्यस्ता औषधिलाई गलत मात्रामा लागुऔषध दुव्र्यसनीहरुले प्रयोग गर्ने गरेको उनको भनाइ त्यस्ता लागुऔषधलाई बढी मात्रामा सेवन गर्दा मात लाग्ने, झुम्म बनाउने गर्दछ

डानिरौलाका अनुसार लागुऔषध दुव्र्यसनीमा फसेकाहरुलाई डिप्रेसन, साइकोसिस, बाइपोलर डिस्अर्डर हुने, चिन्ता लाग्ने तथा निन्द्रा नलाग्ने, आत्महत्या गर्ने जस्ता मानसिक समस्या हुने गर्दछ त्यस्तै नशाको इन्फेक्सन, रगत जम्ने, रगतको ढिक्का बन्ने, मुटुको समस्या हुने, टाउको दुख्ने, शारीरिक दुर्बलता हुने जस्ता गम्भीर शारीरिक समस्या हुने गर्दछ

सम्बन्धित समाचार