२०८३ बैशाख ६ गते , आईतबार

बलिदान र संघर्षबाट परिवर्तन सम्भव : महामन्त्री शर्मा

sajilo news
परिवेश मिडिया
२०७८ पौष २१ गते , बुधबार
बलिदान र संघर्षबाट परिवर्तन सम्भव : महामन्त्री शर्मा

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा बलिदान संघर्षले परिवर्तन सम्भव भएको बताएका छन् नेपाली लोकतान्त्रिक आन्दोलनका योद्धा आदिवासी नेता स्वर्गीय तुर्सा हेमरमको २४ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा महामन्त्री शर्माले त्यस्तो धारणा व्यक्त गरेका हुन

तुर्सा हेमरम स्मृति प्रतिष्ठान कन्काई झापाले सोमबार आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले मुलुकका लागि जीवन बिताउने उत्सर्ग गर्ने व्यक्तिको सम्मान पुराण लगाएर घरका सदस्यलाई सम्झेजस्तो मात्रै नभएको बताए

झापा विद्रोहको भूमि भएको बताएका उनले तुर्सा हेमरमले परिवर्तन रुपान्तरणको झन्डा उठाएको उल्लेख गरे एउटा जीवन एकै झड्कामा गुमाउने व्यक्ति सहिद हुन्छ, उनले भने, ‘तुर्सा मुलुकका लागि जीवन बिताउने महान् मानिस हो, उहाँ सहिदभन्दा कम हुनुहुन्न

विचारको झन्डा उठाउने सबैलाई सम्झनु दृढतापूर्वक उसको विचारलाई जीवन्त राख्नु हरेक परिवर्तन पक्षधरको दायित्व भएको शर्माको तर्क अब राजनीतिक मुद्दामा कसैले ज्यान गुमाउनुपर्ने दिन आउन नहुने बताएका उनले वाद, विचार झन्डाको कारण कसैलाई मुद्दा लगाएर जीवनभर दुःख दिने कुकर्मका लागि तुर्साहरूले त्याग गरेको स्मरण गरे

कांग्रेसलाई आफू रुपान्तरण मात्रै होइन, समाज परिवर्तन गर्ने जिम्मेवारी रहेको उनले बताए आफूले संयमित जिम्मेवार भएर काम गर्ने बताएका उनले राजनीति साझा मञ्च भएको तर्क गरे व्यवस्था होइन, अव्यवस्था अन्त्य गर्न जरुरी भएको उनले जनाए व्यवस्था मात्रै होइन अवस्था बदल्ने सोचले तुर्साहरू राजनीतिमा लाग्नुभयो, उनले भने, ‘राजनीति राम्रो रङ्गीन कार्यालय बनाउनु मात्र होइन

सम्बन्धित समाचार