२०८३ बैशाख ६ गते , आईतबार
एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेकी गौतम कांग्रेसमा प्रवेश
अर्घाखाँची । नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेकी लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमवार कांग्रेस प्रवेश गरेकी हुन्।
गौतम लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लास्थित पाणिनी गाउँपालिकाकी उपाध्यक्ष हुन् । गाउँपालिका महासंघको केन्द्रीय सदस्य समेत रहेकी गौतम एमाले भित्र प्रभावशाली नेतृका रुपमा स्थापित थिइन् । पछिल्लो समय गौतम नेकपा (एकीकृत समाजवादी) मा जाने चर्चा चलेपनि उनले कांग्रेसमा प्रवेश गरेकी हुन् ।
नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको वृहत आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गौतमसहित नवप्रवेशीलाई स्वागत गरे ।