२०८३ बैशाख ६ गते , आईतबार
मनकुमार गदालको अध्यक्षतामा प्रेस चौतारी झापाको समिति चयन
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाको कार्यसमिति चयन भएको छ । आज झापाको गौरादहमा भएको चौतारीको नवौ जिल्ला अधिवेशनबाट मनकुमार गदालको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा प्रदिप परियार चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा गंगा बराल, सचिवमा प्रकाश पौडेल चयन भएका छन् । सहसचिवमा अच्युत सुवेदी र तिलक योन्जन छन् । कोषाध्यक्षमा सरोज चौलागाई चयन भएका छन् ।
अन्य सदस्यहरुमा राजु पोखरेल, मिना विश्वकर्मा, भुमिराज पराजुली, कुमार उप्रेती, राजु सन्तोषी थापा, लक्ष्मीप्रसाद अधिकारी, जिवन चुँडाल, रुपा बुढाथोकी, रविना राउत, नन्दलाल खतिवडा, ईन्द्रबहादुर राई, खगेन्द्र घिमिरे, अनिल वाग्ले, युवराज आचार्य, सरोज भट्टराई र पुष्कर गुरागाईं रहेका छन् ।