२०८३ बैशाख ६ गते , आईतबार

भेण्टिलेटर सहित ४२ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान

sajilo news
परिवेश मिडिया
२०७८ पौष १८ गते , आईतबार
भेण्टिलेटर सहित ४२ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान

विराटनगर लुथरन सामुदायिक कल्याण समाज रंगेलीले कोशी अस्पतालालाई भेण्टिलेटर सहित स्वास्थ्य सामाग्री प्रदान गरेको समाजले ४२ लाख ७४ हजार १०४ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री अस्पताललाई निःशुल्क प्रदान गरेको हो

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री हस्तान्तरण गरे कार्यक्रममा पूर्वमन्त्री रिजालले धर्म सम्प्रदाय भन्दा माथि उठेर लुथरनले गरेको यो मानवीय कार्य उदाहरणीय रहेको बताए यस अघि पनि जोखिममा रहेका मानिसहरुलाई लुथरन सामुदायिक कल्याण समाजले गरेको मानवीय सहयोगको प्रशंसा गर्दै रिजालले कोशी अस्पताललाई गरेको सहयोगको लागि धन्यावाद दिए

मोरङको क्षेत्र नम्बर , झापा जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायमा काम गरिरहेको लुथरनले अझ राम्रो फराकिलो गर्दै आफ्ना कार्यक्रम लिएर जाओस भन्ने शुभकामना समेत रिजालले दिए

कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मी नारायण यादवले कोभिड १९ को महामारीको अहिलेको अवस्थामा बालबालिकालाई अति आवश्यक पर्ने बच्चाको भेन्टिलेटर सहितको सामाग्री दिएर आम सर्बसाधारणको उपचारमा सहजता प्रदान गरेकोमा लुथरन सामुदायिक कल्याण समाजलाई कृतज्ञता व्यक्त गरे उनले ग्रामीण क्षेत्रमा रहेर पिछडिएको समाजमा काम गर्ने संस्थाले त्यहाँका स्थानीयवासी समेत लाभान्वित हुन् भन्ने उद्धेश्य राखेर स्वास्थ्य सामाग्री प्रदान गरेकामा आफुलाई समेत खुसी लागेको बताए

लुथरनले गरिरहेको कामका बारेमा संस्थाका सिइओ सुमन राई अस्मिता चौधरीले सदृश्य बर्णन गरेका थिए कार्यक्रममा संस्थाका अध्यक्ष जोसेफ सोरेनले संस्थामार्फत कोभिडको समयमा अन्य विपदमा समुदायमा काम गर्न पाउँदा आफुहरुलाई निकै गर्व लागेको बताए संस्था कार्यरत रहेका गाउँपालिका नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई निशुल्क रुपमा यस अघि पनि स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी दिए

जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले विपत जोखिमका बेला लुथरनले जनताको साथी भएर काम गरिरेहेको बताए उनले अन्य समुदायमा समेत काम गर्न आग्रह गरे  

सम्बन्धित समाचार