२०८३ बैशाख ६ गते , आईतबार

एमाले इलामको पहिचान झल्काउने आफ्नै लोगो सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०७८ पौष १७ गते , शनिबार
एमाले इलामको पहिचान झल्काउने आफ्नै लोगो सार्वजनिक

इलाम । नेकपा एमाले इलामले १०औं जिल्ला अधिवेशनका लागि आफ्नै लोगो सार्वजनिक गरेको छ । शुक्रबार बसेको अधिवेशन आयोजक सचिवालय वैठकले रातो हाब्रे (रेड पाण्डा) र चियाबारी भएको लोगो सार्वजनिक गरेको हो ।

एमालेले जिल्लाको पहिचान झल्काउने गरी लोगो डिजाइन गरेको छ । लोगोको देब्रेपटिको भागमा चियाबारीको बिचमा रेडपाण्डाले पार्टीको झण्डा समातेर उभिएको छ भने दायाँ भागमा बारीको छेउमा चियाको बोट देख्न सकिन्छ । इलाम लोपोन्मुख प्राणी रेडपाण्डा र चियाका लागि प्रख्यात जिल्ला भएकाले सो लोगो डिजाइन गरिएको कार्यालय सचिव रबिन्द्र सुवेदीले जानकारी दिए ।  अधिवेशनका लागि मस्कट, व्यानर र नाराको निर्णय आउँदो १९ गतेको सचिवालयले गर्ने बताइएको छ । पार्टीको जिल्ला अधिवेशन पुष २३ र २४ लाई तोकिएको छ ।

सम्बन्धित समाचार