बीमा कम्पनीको पूँजी बढाउने तयारी, पूँजी बढाउन मर्जरमा जान जोड दिने
काठमाण्डौ । बीमा समितिले हाल कायम पूँजीलाई बढाएर जीवन बीमाको ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको ३ अर्ब रुपैयाँ पुर्याउने आन्तरिक तयारी गरिरहेको छ । समितिले पूँजी बढाउन क्रस होल्डिङ्ग भएका कम्पनीहरुलाई मर्जरमा जान जोड दिने भएको छ ।
समितिले पूँजी बढाउने तयारी स्वरुप क्रस होल्डिङ्ग भएका कम्पनीहरुलाई मर्जरमा लाने तयारी थालेको हो ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हकप्रद जारी गर्न नदिएर पूँजी बढाउन दिनुपर्नेमा जोड दिदै आएका छन् । उनले संस्थापकहरुले पूँजी थपेर वा बोनस वितरण तथा मर्जरमा जोड दिएर पूँजी बढाउनु पर्ने अभिव्यक्ति दिइरहेका छन् ।
त्यसकारण पूँजी बढाउन क्रस होल्डिङ्ग भएका बीमा कम्पनीहरुलाई फोर्सफुल मर्जर गराउन समितिले निर्देशन दिन सक्ने देखिन्छ ।
अध्यक्ष सिलवालले समितिको जिम्मेवारी सम्हालेको केही समयपछि नै बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ अनुसार क्रस होल्डिङ्ग भएका कम्पनीहरुको बारेमा अध्ययन गराएका थिए ।
निर्देशिका अनुसार कुनै लगानीकर्ताले एउटै प्रकृतिका भिन्दा भिन्दै बीमा कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था छ । संस्थापकहरुले तत्काल चुक्ता गर्न कबुल गरेको पूँजीको १५ प्रतिशत वा सोभन्दा बढी शेयर एउटै व्यक्ति, परिवार, संस्था वा समूहले एउटै प्रकृतिको कम्पनीमा लगानी गर्न नपाउने निर्देशिकामा उल्लेख छ ।
निर्देशिका उल्लंघन गर्दै लगानी गरेको पाइएपछि समितिले क्रस होल्डिङ्ग सम्बन्धी अध्ययन गराएको थियो ।
एउटा कम्पनीमा १५ प्रतिशत भन्दा धेरै लगानी गरेका व्यक्ति, परिवार, संस्था वा समूहले अरु कम्पनीमा १ प्रतिशत भन्दा धेरै लगानी गर्न नपाउने व्यवस्था छ ।
कुन कम्पनीमा कसको क्रस होल्डिङ्ग?
बीमा समितिले क्रस होल्डिङ्ग सम्बन्धी अध्ययन गराएपनि त्यसको प्रतिवेदन भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन् ।
यद्यपी बीमा समितिले स्रोतका अनुसार केहि बीमा कम्पनीहरुमा क्रस होल्डिङ्ग रहेको पाइएको छ । समिति स्रोतले नेको इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्समा राष्ट्रिय वाणिज्य बैंकको क्रस होल्डिङ रहेको जनाएको छ ।
त्यस्तै आइएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा आइएमई समूहको लगानी रहेको छ । नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्समा विशाल समूहको लगानी रहेको बीमा समितिले जनाएको छ ।
यता जीवन बीमा कम्पनीहरु तर्फ लाइफ इस्योरेन्स कर्पोरेसन, सूर्या लाइफ इन्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्समा विशाल समूहको लगानी रहेको समितिले जनाएको छ ।
यस्तै आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्समा आइएमई समूहको लगानी रहेको छ ।
मर्जर तथा एक्वीजिसन सम्बन्धी निर्देशिकामा के व्यवस्था छ <
बीमा समितिले कुनै कम्पनीले समान प्रकृतिको व्यवसाय गर्ने अर्को कम्पनीलाई मर्जर तथा एक्वीजिसन गर्ने सम्बन्धमा व्यवस्था मिलाउदै बीमक गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७६ लागू गरेको थियो ।
निर्देशिका लागू गरेको भएपनि अहिलेसम्म कुनैपनि बीमा कम्पनी एक आपसमा मर्जर तथा एक्वीजिसन प्रकृयामा गएका छैनन् । यसबीचमा केही कम्पनीहरु मर्ज जाने हाल्ला चलेपनि औपचारिक रुपमा कुनै निर्णय सार्वजनिक भएको छैन् ।
इच्छुक बीमा कम्पनीहरुले एक आपसमा गाभ्नुरगाभिनुको आवश्यकता तथा औचित्य, सोबाट बीमा क्षेत्रमा पर्ने असरको सामान्य प्रक्षेपण गरेका समितिमा आवेदन दिनुपर्ने व्यवस्था छ ।
गाभ्ने÷गाभिने बीमकको पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण, खुद सम्पत्ति लगायतको वित्तीय विवरण सहितको लेखापरीक्षकको प्रतिवेदन समेत पेश गर्नुपर्दछ ।
गाभ्ने÷गाभिने बीमकले कर्जा लिएका साँहुहरुको हित सुरक्षार्थ गरिएको, गाभिने बीमकको चल अचल सम्पत्ति र दायित्वको भुक्तानी अवधि सहितको यथार्थ विवरण, गाभ्ने÷गाभिने बीमकका कर्मचारीको व्यवस्थापनको विवरण, गाभ्ने÷गाभिने प्रयोजनको लागि प्रचलित कम्पनी तथा धितोपत्र सम्बन्धी कानून बमोजिमको स्वीकृति प्रक्रियाको प्रतिवेदन समितिमा बुझाउनु पर्दछ ।
बीमकहरुले गाभ्ने÷गाभिने सम्बन्धी गरेको प्रारम्भिक सम्झौता पत्र समेत समितिमा पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।