२०८३ बैशाख ५ गते , शनिबार

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : सिइओसहित ४ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ पौष १४ गते , बुधबार
सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरण : सिइओसहित ४ जना पक्राउ

विराटनगर सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड बढी रकम घोटला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नविन सुबेदी सहित लेखा बित्त प्रमुख देवि प्रसाद भण्डारी अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका छन् १५ करोड ७५ लाख ४० हजार सय ७५ रुपैयाँ घोटाला गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए

यसअघि मोरङ प्रहरीले बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरि बैंकिङ कसुरमा अनुसन्धान गर्दै आएको

धनकुटामा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो यति ठूलो रकम पछिल्लो वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसाट्रान्सफरभएको देखिनुले यो प्रकरणमा सिइओ लगायतका उच्च अधिकारीहरु शंकाको घेरामा परेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो

सिइओ सुवेदी लेखा प्रमुख भण्डारी नेरुडे लघुवित्त कम्पनीमा संगै लामो समय काम गरेका थिए सप्तकोशीमा उनीहरु आएपछि बैंकको अनियमिता गर्न कानुनी, नीति, नियम प्रक्रिया विधि मिलाउन भण्डारीलेआइडिया मेकिङकोरुपमा सिइओ सुवेदीका विश्वासिलो पात्र भएको उजुरीमा उल्लेख बैंकका कर्जा प्रमुख विदुर पोखरेल आइटि प्रमुख सशांक पोखरेल सिइओ सुवेदीका मामाका छोरा हुन् अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका भट्टराईका साथी हुन् मगरको खातामा पनि सन २०१६ देखि २०१७ मा दुईवटा फर्जि कारोबार भएको उजुरी पत्रमा उल्लेख बैंकको आन्तरिक लेखा परीक्षण गर्ने फर्म पनि सिइओ सुवेदीले ससुराली नाताको नाता पर्ने सालोलाई लगाउने गरेका थिए

बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकमट्रान्सफरभएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख बबिता सिइओ नविन सुवेदीकी नातेदार हु्न् उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगष्ट तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको

बविताको नाममा फर्जी खाता सिईओ सुवेदी हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको रेमिट शाखाका प्रमुख भट्टराई पनि सिइओ सुवेदीका नातेदार हुन् भट्टराई उनका फुपुका छोरा हुन्

हिनामिना भएको रकममध्ये धेरै वविताको खातामा हिमाल भट्टराईको विभिन्न पाँच वटा बैंकको खातामा एक करोड रुपैंया जम्मा भएको राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख यसैगरी सिइओ सुवेदीकी भाउजू भगवती सुवेदी, सालो साजन पोखरेल जेठी सासु बानी पोखरेल लगायतको खातामा रकम पठाएको दावी उजुरीमा गरिएको उक्त खाता पनि अरु नै व्यक्तिबाट संचालन गरी कारोबार भएकोले सुक्ष्म अनुसन्धान गरिनुपर्ने देखिन्छ,’ उजुरीमा भनिएको पछिल्लो वर्षयता फर्जी कारोबारको कागजात बनाएर रेमिट्यान्सको यति ठूलो रकम हिनामिना भएको हो

प्रदेश को जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको अर्ब ३० करोड रुपैयाँ निक्षेप साविकको काबेली विकास बैंक सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि. नामबाट बित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्तवर्गको बित्तीय संस्था हो बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष अर्जुन बरालले बताउँदै आएका छन्

सम्बन्धित समाचार