२०८३ बैशाख ६ गते , आईतबार

धितोपत्र बोर्डको अध्यक्ष नहुँदा ७ अर्ब बढीको आइपीओ निष्काशनमा ढिलाई

sajilo news
परिवेश मिडिया
२०७८ पौष १४ गते , बुधबार
धितोपत्र बोर्डको अध्यक्ष नहुँदा ७ अर्ब बढीको आइपीओ निष्काशनमा ढिलाई

काठमाण्डौ नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति हुन नसक्दा विभिन्न क्षेत्रका सात अर्ब ३९ करोड ६६ लाख ४०० रुपैँयाको प्राथमिक शेयर (आइपीओ) निष्काशन हुन सकेकोे छैन नेपाल धितोपत्र बोर्डमा २८ वटा कम्पनीले करोड ७२ लाख ४६ हजार चार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् यसमध्ये १८ वटा हाइड्रोपावर, दुई इन्स्योरेन्स, माइक्रोफाइनान्स दुईवटा अन्य कम्पनी रहेको बोर्डले जनाएको

बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीहरूको सेयर निष्कासन प्रक्रिया सुरु हुनेछ तर, चार महिनायता बोर्डको अध्यक्ष रिक्त हुँदा सेयर निष्कासनका लागि स्वीकृति हुन सकेको छैन तत्कालीन बोर्ड अध्यक्ष भीष्म ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर भित्री कारोबार गरेको खुलेपछि सरकारले उनलाई असोज दोस्रो साता बर्खास्त गरेको थियो

विन्धावासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर कम्पनी, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चरर्स लिमिटेड, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, अप्पर हेवा खोला कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था इमर्जिङ नेपालको आवेदन स्वीकृतिको अन्तिम चरणमा रहेको बोर्डले जनाएको

सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्ये सयपत्री हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, रिलायबल लाइफ इन्स्योन्स, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, सिवाईसी लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो, सिक्लेस हाइड्रो, सुपरमाई हाइड्रोपावर, साञ्जेन जलविद्युत इस्टर्न हाइड्रोपावरको प्रारम्भिक समीक्षा भइरहेको बोर्डले जनाएको

यसैगरी डिस मेडिया नेटवर्क, आईएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर कम्पनीको आवेदनको प्रारम्भिक समीक्षा गरी कम्पनीलाई प्रतिक्रिया पठाइएको बोर्डले जानकारी दिएको

बोर्डका तथ्यांकअनुसार सबैभन्दा बढी रिलायवल लायफ इन्स्योरेन्सले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि स्वीकृति मागेको सेयर मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ मा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको

पछिल्लो समय सर्वसाधारणमा सेयरमा लगानी गर्न आकर्षित भएसँगै साधारण सेयरमा उच्च आवेदन हुने गरेको यसैगरी प्रविधिको विकासका कारण घरैबाट समेत आवेदन दिन पाउने भएकाले पनि साधारण सेयरमा उच्च आवेदन पर्ने गरेको  

सम्बन्धित समाचार