२०८३ बैशाख ६ गते , आईतबार
सुनसरीबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
बिर्तामोड । सुनसरीको कोशी गाउँपालिका १ बाट पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन । प्रहरीले कोशी गाउँपालिका १ को बि.एस. होटलबाट भारत विहार अररिया, बासमटियाका ३५ बर्षीय विद्यानन्द राम र २४ बर्षीय हासिम अंसारीलाई पक्राउ गरेको हो ।
सोमबार बेलुका ४ बजे गोप्य सूचनका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी चौकी लौकहीबाट गएको प्रहरी टोलीले होटलको ओछ्यानमा लुकाई राखेको २ थान पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । खानतलासीको क्रममा प्रहरीले म्याग्जीन ४ थान, ७.६५ एमएमको गोली ३ राउण्ड, बीआर ५० के ०१४९ नम्बरको भारतीय मोटरसाइकल र २ हजार भारतीय रुपैँयासमेत बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरुको थप अनुसन्धान गरिरहेको जनाएको छ ।