२०८३ बैशाख ६ गते , आईतबार

ललिता निवास प्रकरण : चारपटक किर्ते गरी सरकारी जग्गा बिक्री

sajilo news
परिवेश मिडिया
२०७८ पौष १३ गते , मंगलबार
ललिता निवास प्रकरण : चारपटक किर्ते गरी सरकारी जग्गा बिक्री

काठमाण्डौ । बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चारपटक कागजात किर्ते भएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष २०४९, ०६२, ०६६ ०६९ सालमा चारपटक सरकारी कागजात किर्ते गरेर बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको सिआईबीको अनुसन्धानबाट थाहा भएको

शोभाकान्त ढकाल रामकुमार सुवेदी समेतले योजनाबद्ध रूपमा कागजात किर्ते बनाएर तथा नक्कली मोही खडा गरेर १४० रोपनी भन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएका हुन् सिआईबीले पुस मा काठमाडौँको ताहाचल घर भएका रामकुमार सुवेदी उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरेको थियो सुवेदी दम्पतीमाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले बताए

फरक फरक सालमा किर्ते भएको निष्कर्षका आधारमा ब्युरोले छुट्टाछुट्टै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको डिएसपीहरू कुमार मैनाली, सुकदेव खनाल, रविनबावु रेग्मी मदनजित महराले ललिता निवास मुद्दाको अनुसन्धान गरिरहेका छन् जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पनि चारजना फरक वकिललाई सो मुद्दा अभियोजन गर्ने जिम्मेवारी दिएको

चारपटक किर्ते भएको हुनाले चारवटा छुट्टाछुट्टै अनुसन्धान प्रतिवेदन बुझाउँछौँकेन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले भने–‘पुस २७ सम्म अदालतमा मुद्दा दर्ता गर्नुपर्छ, हदम्यादभित्र प्रतिवेदन बुझाउने गरी अनुसन्धान भइरहेको

रामकुमार सुवेदी मालपोत कार्यालय डिल्लीबजारका लेखापढी व्यवसायी हुन् शोभाकान्त ढकालले उनीसँग मिलेर नक्कली मोही खडा गर्ने तथा नक्कली गुठी बनाएर सो जग्गा व्यक्तिको नाममा ल्याउने योजना बनाएका हुन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशले शोभाकान्त ढकाल पुर्पक्षका लागी थुनामा छन् ब्युरोले ढकाललाई केन्द्रीय कारागारबाट झिकाएर बयान लिइरहेको शोभाकान्तकी पत्नी उमा ढकाल फरार छिन्

मन्त्रिपरिषद्को निर्णयको गलत व्याख्या

२०१८ मा तत्कालीन श्री को सरकारले सुवर्ण शमशेर लगायत राणा परिवारको जग्गा जफत गरेको थियो २०२१ मा सरकारले ओटा दरबार अधिग्रहण गर्दा ललिता निवास कम्पाउण्डको पनि थप केही जग्गा मुआब्जा दिएर अधिग्रहण गरेको थियो त्यतिवेला ललिता निवासको धेरै जग्गा सरकारले मुआब्जा दिएर लिएको जानकारहरू बताउँछन्

२०४७ सालमा प्रजातन्त्र स्थापनापछि कृष्ण प्रसाद भट्टराई नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले जफत भएको जग्गा फिर्ता गर्ने निर्णय लियो भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले हदबन्दीभित्र नपरेको जग्गा मात्र फिर्ता दिने जफत भएको जग्गाको सम्बन्धमा गृह मन्त्रालयले अनुसन्धान गर्ने निर्णय लियो

मन्त्रिपरिषद्को सो निर्णयलाई टेकेर २०४९ मा मालपोत कार्यालय डिल्लीबजारले अधिग्रहण गरेको जग्गा पनि राणा परिवारलाई फिर्ता दियो जफत गरेको जग्गा मात्र फिर्ता दिनुपर्ने मन्त्रिपरिषद्को निर्णयलाई तत्कालीन मालपोत अधिकृतहरूले बिचौलियाहरूसँग मिलेर गलत व्याख्या गरे

ढकाल सुवेदीको इन्ट्री

राणा परिवारले जग्गा फिर्ता पाएपछि शोभाकान्त ढकाल रामकुमार सुवेदीले बालुवाटारको जग्गामा इन्ट्री गरेको अनुसन्धानबाट थाहा भएको २०५० मा नक्कली मोही खडा गरेर उनीहरू उजुर हाल्न गए भने–‘हामी मोही हौँ, मोहियानी हक कायम गरिपाऊँ

अनि मालपोत कार्यालयबाट मोही कायम गराए मोही कायम गरेर हक अनुसार जग्गा लिएको १० दिनमै उनीहरूले सबै जग्गा आफ्नो नाममा ल्याए त्यतिन्जेल ४० रोपनी जग्गामा मोहियानी हक कायम हुन बाँकी थियो अनि, २०६२ मा सो समूहले नक्कली कागजात बनाएर सुनिती राणाको नाममा १२ आना जग्गा ल्याए तत्कालीन श्री को सरकारले सुनिती राणाको नाममा छुट जग्गा दर्ता गर्न भनेर मालपोत कार्यालयलाई निर्देशन दिएको थियो

०६६ सालमा सो समूहले भिआईपीको निवास क्षेत्र भएको हुनाले ललिता निवासको जग्गामा बाटो खुलाउने योजना अघि बढाए तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजय कुमार गच्छदारले सो योजनामा साथ दिएका हुन् सभामुखको निवास हुँदै मुख्य सचिवको निवास सम्म जाने बाटो २०६६ मा खुलाइएको थियो

०६९ मा सो समूहले नापी मालपोत कार्यालयको कागजात किर्ते बनाएर सो जग्गा गुठीमा दर्ता गराए गुठीमा लगेपछि फेरी गलत तरिकाले आफ्नो नाममा ल्याएका थिए सरकारी कागजात किर्तेमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याउने ब्युरोका डिआइजी सिंहले बताए रातोपाटीबाट

 

सम्बन्धित समाचार