२०८३ बैशाख ६ गते , आईतबार

दमकलाई हराउँदै धरान तमु ल्होसार महिला फुटबलको फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०७८ पौष १२ गते , सोमबार
दमकलाई हराउँदै धरान तमु ल्होसार महिला फुटबलको फाइनल प्रवेश

बिर्तामोड धरान महिला फुटबल क्लब तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको दमकको रोयल स्पोर्टिङ्ग क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दमकको रोयल स्पोर्टिंग क्लबलाई गोलअन्तरले पराजित गर्दै धरानले फाइनलमा स्थान सुरक्षित गरेको हो खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो

 

खेलको पहिलो हाफमा राम्रो अवसर पाएको धरानले स्कोर गर्न नसक्दा जित निकाल्न टाइब्रेकर नै पर्खिनु परेको थियो धरानका लागि राम्रो मुभ निकाले पनि समिक्षा मगर गोल गर्न भने चुकेकी थिइन्

यस्तै, दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको दमकका लागि थुप्रै पटक धरानको गोलपोस्टमा आक्रमण गरे पनि कोही खेलाडी सफल हुन सकेनन् खासगरी दमककी ममता राउतले मिलाइदिएको पासमा सवित्री मगर पवित्रा राईले गोल गर्न सकिनन्

अन्ततः टाइब्रेकरमा धरान विजयी भयो उसका लागि कोपिला लिम्बू, रंगिला राई समिक्षा मगरको प्रहार गोलमा परिणत हुँदा प्रतिक्षा राई आयुशा राईको प्रहार दमककी गोलरक्षक सजिया क्षेत्रीले बचाएकी थिइन्

दमकका लागि सन्जु राई, इम्मा राईको प्रहारमात्र गोलमा परिणत भयो भने छत्रिका चौधरी सावित्री मगरको प्रहार धरानकी गोलरक्षक सिमा आले मगरले बचाउँदा ममता राउतको प्रहार बाहिरिएको थियो

खेलको प्लेयर अफ म्याच धरानकी गोलरक्षक सिमा आले मगर भइन् उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे जितसँगै धरानले ५१ हजार सुरक्षित गरेको

दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल प्रमाणपत्र पाउनेछ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्ने गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो

 

सम्बन्धित समाचार