२०८३ बैशाख ६ गते , आईतबार

मुक्ति समाज सूर्योदय नगर अध्यक्षमा शंकर गदाल

sajilo news
परिवेश मिडिया
२०७८ पौष १२ गते , सोमबार
मुक्ति समाज सूर्योदय नगर अध्यक्षमा शंकर गदाल

फिक्कल नेपाल उत्पीडित जातीय मुक्ति समाज सूर्योदय नगर कमिटि इलामको प्रथम अधिवेशन सम्पन्न भएको अधिवेशनले शंकर गदालको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटि चयन गरेको

कमिटिको उपाध्यक्षमा कमला गजमेर, सचिवमा सुबास लोहार चयन भएका छन्

कार्यक्रमका प्रमुख अतिथि मुक्ति समाजका केन्द्रीय सदस्य तथा नेकपा एमाले इलाम सचिवालय सदस्य देवेन्द्र विश्वकर्माले अझै पनि दलित समुदाय विभेदको शिकार बन्नु परिरहेको बताए उनले देशको पूर्वी भेगमा विभेदका घटना केही कम भएपनि पश्चिमी भेगमा विभेदकै कारण धेरैले ज्यान गुमाउनु परिरहेको बताए अब हाम्रा मुद्दालाई राजनीतिक मुद्दा बनाइनु पर्छ, संविधानमा लेखेरमात्र होइन त्यसलाई कार्यान्वयन गरेर पछाडि पारिएको यो समुदायको अधिकार स्थापित गरिनु पर्छ’, विकले भने, ‘अबको दलित आन्दोलन राजनीतिक रुपमै दलित अधिकार स्थापित गर्ने गरि अघि बढ्न जरुरी

कार्यक्रममा प्रदेश का सांसद काजीमान कागतेले नेपालको संविधान दलित, उत्पीडित, अल्पसंख्यक, लोपोन्मुख लगायतका क्षेत्रमा जति उदार , व्यवहारमा कार्यान्वयन नहुँदा त्यो समुदायको अधिकार मुद्दा ओझेलमै रहेको बताए कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्य शावित्रा शिवा, नेकपा एमाले सूर्योदय नगर अध्यक्ष दुर्गादेवी दाहाल, सूर्योदय नगरपालिका बुद्धिजीवी परिषद्का अध्यक्ष देवकुमार दाहाल, रगुन गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए

सम्बन्धित समाचार