२०८३ आश्विन १७ गते , शनिबार

भारतीय मोटरसाइकलसँग जुध्दा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष ११ गते , आईतबार
भारतीय मोटरसाइकलसँग जुध्दा एक जनाको मृत्यु

बिर्तामोड । झापाको कचनकवल गाउँपालिका २ स्थित सडकमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुई जना घाइते भएका छन् ।

शनिबार दिउँसो साढे बाह्र बजे मे ४ प ९५०० नम्बरको मोटरसाइकल डब्लुबी ७४पी ९७१७ नम्बरको भारतीय मोटरसाइकलसँग आपसमा ठोक्किँदा कचनकवल ४ का ४० बर्षीय शेषलाल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । राजवंशी मे ४ प ९५०० नम्बरको मोटरसाइकलको पछाडी सवार थिए ।

दुर्घटनाबाट सोहि स्थानका २७ बर्षीय शिवलाल माझी र ४४ बर्षीय सजन राजवंशी र शेषलाल घाइते भइ ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेकोमा शेषलालको उपचारको क्रममा मृत्यू भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल प्रहरी चौकी पथरीयाको नियन्त्रणमा रहेको छ ।

 

सम्बन्धित समाचार