२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेस महामन्त्री शर्मा वरीयताको ५औँ नम्बरमा

sajilo news
परिवेश मिडिया
२०७८ पौष १० गते , शनिबार
कांग्रेस महामन्त्री शर्मा वरीयताको ५औँ नम्बरमा

झापा नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्व प्रकाश शर्मा पार्टीको वरीयतामा ५औँ नम्बरमा परेका छन् सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई वरीयताको ५औँ नम्बरमा राखेका हुन्

सभापति देउवाले आफूपछि क्रमशः उपसभापतिहरु पूर्णबहादुर खड्का धनराज गुरुङ, महामन्त्री गगन थापा विश्व प्रकाश शर्मालाई वरीयताक्रममा राखेका छन्

युवा नेताद्वय थापा शर्मा कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए विद्यार्थी राजनीतिमा शर्मा थापाभन्दा अगाडी भएपनि पार्टीमा थापा शर्माभन्दा अगाडी थिए पार्टीको १२ १३औँ महाधिवेशनमा नै गगन थापा केन्द्रीय सदस्य भएका थिए भने विश्व प्रकाश शर्मा १३औँ महाधिवेशनबाट मात्र केन्द्रीय सदस्य भएका थिए

कांग्रेसको १४औँ महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्   

 

सम्बन्धित समाचार