२०८३ बैशाख ६ गते , आईतबार

तमु ल्होसार महिला फुटबल पुस १० देखि

sajilo news
परिवेश मिडिया
२०७८ पौष ९ गते , शुक्रबार
तमु ल्होसार महिला फुटबल पुस १० देखि

बिर्तामोड झापाको बिर्तामोडमा तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता पुस १० गतेबाट हुने भएको

आयोजक बिर्तामोड फुटबल क्लबका अनुसार उद्घाटनको दिन आयोजक भारत कालिम्पोङको श्री फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ त्यस्तै, दोस्रो दिन मोरङ पथरी शनिश्चरे महिला फुटबल क्लबले भारत सिलिगुडीको रोयल स्पोर्टिङ फुटबल क्लबको सामना गर्नेछ

पुस १२ गते उद्घाटन खेलको विजेतासँग धरान महिला फुटबल क्लब सुनसरीले खेल्नेछ पुस १३ गते दोस्रो दिनको विजेतासँग पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब भिड्नेछ प्रतियोगितको फाइनल खेल तमु ल्होसरको दिन पुस १५ गते हुने अध्यक्ष डिके गुरुङले बताए

प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा हुनेछ दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल प्रमाणपत्र पाउने भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्ने

गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा २०७६ सालबाट प्रतियोगिता आयोजना हुँदै आएको गतवर्ष भने कोभिडका कारण भएको लकडाउनले खेल प्रभावित भएको थियो यस बर्ष पुस गते खेल हुने भनिएपछि प्राविधिक कारण दिन पर धकेलिएको हो  

सम्बन्धित समाचार