२०८३ बैशाख ६ गते , आईतबार

सामुदायिक बाख्रा स्रोत विकास केन्द्रको साधारण सभा सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७८ पौष ९ गते , शुक्रबार
सामुदायिक बाख्रा स्रोत विकास केन्द्रको साधारण सभा सम्पन्न

बिर्तामोड सामुदायिक बाख्रा स्रोत विकास केन्द्र अर्जुनधाराकोे चौथो वार्षिक साधारणसभा सम्पन्न भएको

शुक्रबार नगरपालिकाको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखा कटरडाँडाको प्राङ्गणमा भएको साधारण सभामा केन्द्रका अध्यक्ष कमल कडरियाले संस्थाको गतिविधिबारे प्रष्ट्याएका थिए स्रोत विकास केन्द्रले बाख्राको नश्ल सुधारमा अधिकतम् कार्य गर्दै बाख्रा पालक किसानको वृहत्तर हितमा काम गर्दै आएको बताए उनले परम्परागतरुपमा बाख्रापालन गर्दै आएका नगरका किसानलाई आउँदो वर्ष आधुनिकीकरण गरी व्यवसायिकतातर्फ लैजाने भावी नीति लिएको बताए

उनले बाख्रापालक कृषकलाई केन्द्रित गरि वर्षमा पटक तालिम, गोष्ठी आयोजना गर्ने, तथ्यांक अध्यावधिक गर्ने, कार्यालय स्थापना गर्ने, बोयर बाख्रा पकेट क्षेत्रकै रुपमा नगरलाई अघि बढाउने पनि भावी नीति तथा कार्यक्रममा समेटिएको बताए

यसैगरी, बीउ बोका साटासाट तथा अपुग भएको समूहमा नयाँ बोका वितरण गर्ने योजना रहेको सुनाउँदै उनले साइलेजसम्बन्धी उपकरण पूर्वाधार निर्माणमा दातृ निकायको सहकार्यमा कार्यक्रम सञ्चालन गर्नेजस्ता संस्थाको भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए

कार्यक्रमकी प्रमुख अतिथि तथा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले पशुपालनको क्षेत्रमा नगरका कृषक सवल बन्दै गएको बताइन् उनले पशु सेवा कार्यालयको प्रभावकारी कार्यक्रमले पशुबाट आर्थिकोपार्जनमा टेवा पुगेको भन्दै प्रशंसा पनि गरिन्

पशु सेवा शाखा प्रमुख पदमलाल राईले आर्थिक समृद्धिको पाटोमा पशुपंक्षीमा देखिने गरि परिवर्तन आएको दाबी गरे परम्परागत पशुपालनमा लागेका कृषकले केन्द्रमा समेटिएपछि बढी नाफा लिन सकेको पनि उनले सुनाए

कार्यालयबाट दिइएको कार्यक्रमबाट पशुपालक कृषकको आर्थिक स्तरमा सुधार आएको बताउँदै उनले सबै कृषकले लाभ लिन नसके पनि समेटिएका कृषकले अपेक्षानुसारकै आम्दानी हासिल गर्न सकेको उनको भनाइ थियो

केन्द्रका उपाध्यक्ष सन्तोष राईले स्वागत गरेको कार्यक्रममा संस्थापक अध्यक्ष भीम नेपालले अपेक्षाअनुसार संस्थाले काम गर्न नसकेको भन्दै गुनासो पोखे निषेधाज्ञाका कारण पहिलाको जस्तो कृषकहरुको सहभागिता नभएको हो कि भन्दै उनले प्रश्न गरे

केन्द्रमा अर्जुनधाराका ७० जना बाख्रापालक कृषक समेटिएका छन् एक सदस्यले कम्तिमा १० देखि १०० वटासम्म बाख्रा पाल्दै आएको संस्था सल्लाहकार सुबोध ढुंगेलले जानकारी दिए थोरै बाख्रा पाल्ने कृषकले वर्षमा लाखदेखि धेरै पाल्ने कृषकले २५ देखि ३० लाखसम्म आम्दानी लिइरहेको संस्थाका अध्यक्ष कडरियाको भनाइ

कार्यक्रममा संस्थालाई प्राविधिकरुपमा सहयोग गर्ने शाखाका प्राविधिक समिर थामी, किशोर खतिवडा उत्कृष्ट कृषक मिश्र कृषि फर्म अर्जुनधाराका भानु मिश्रलाई सम्मान गरिएको थियो कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य मल्लिका खतिवडाले गरेकी थिइन्

सम्बन्धित समाचार