२०८३ बैशाख ६ गते , आईतबार

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष ८ गते , विहीबार
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिर्तामोड । बुधबार साँझ झापाको कमल गाउँपालिका ५ मा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बसको ठक्करबाट सुनसरी बराहक्षेत्र नगरपालिका १० का २२ बर्षीय अभिषेक यादव को मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको दमक ६ मा रहेको ग्लोबल एजुकेशन एकेडेमीको को. १ क १३९१ नम्बरको बसले पश्चिम तर्फ जाँदै गरेको प्र.१-०२-०४८ प ३०८९ नम्बरको मोटर साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चालक यादव र मोटरसाइकलको पछाडी सवार बराहक्षेत्र नगरपालिका १० का २५ बर्षीय रामकुमार खड्कालाई लाइफ लाइन अस्पताल लगिएकोमा यादवको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका २ का सोमबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार