२०८३ बैशाख ५ गते , शनिबार

युरोपियन ‘स्कोडा’ ब्राण्डको कार बिर्तामोडको हलेसीमा

sajilo news
परिवेश मिडिया
२०७८ पौष ७ गते , बुधबार
युरोपियन ‘स्कोडा’ ब्राण्डको कार बिर्तामोडको हलेसीमा

बिर्तामोड नेपालका लागि युरोपको चर्चित अटोमोबाइल्स ब्रान्डस्कोडाको कार बिर्तामोडको हलेसी अटोमोबाइल्सले बिक्री शुरु गरेको हलेसीले आफ्नो शोरुमको बुधबार एक कार्यक्रमका बिच औपचारिक शुभारम्भ गरेको हो । शोरुम रुद्रमणी श्रेष्ठ र चुडामणी पौडेलले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन । 

स्कोडाको आधिकारिक विक्रेता मोरङ अटो वर्क्स इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ स्टेटअफआर्ट थ्रिएस (सेल्स सर्भिस स्पेयर्स) फेसिलिटी सुरु गरेको अब हलेसी अटोमोबाइल्सले पूर्वी नेपालमा स्कोडाको विक्री विक्रीपछिको सेवाको जिम्मेवारी पाएको हो

सन २००८ देखि नेपाली बजारमा स्कोडाको बिक्री गर्दै आएको मोरङ अटो वर्क्स (एमएडब्लु) ले आफ्नो पकड बलियो बनाउन स्कोडा कारको उपलब्धता बढाउन डिलर सञ्जाललाई विस्तार गर्दै आएको

स्कोडाको नयाँ सोरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपमेयर पबित्रा महतरा मोरङ अटो वर्क्स इन्टरप्राइजेज स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका थिए

कार्यक्रममा बोल्दै हलेसी अटो मोबाइल्सका प्रबन्ध निर्देशक चुडामणी पौडेलले आफ्नो शोरुमबाट उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए हालसम्म स्कोडाको ३० वटा कार बिक्री भैसकेको बताएका पौडेलले प्रतिनिधिमुलक रुपमा अम्बिका पोखरेल युवराज न्यौपानेलाई चाबी हस्तान्तरण गरिएको थियो

सन् १८९५ मा साइकलबाट शुरु गरेको स्कोडाले पछिल्लो समय लक्जरियस गाडी उत्पादन गर्दै आएको बताइएको हाल नेपाली बजारमा ३६ लाख ९० हजारदेखि करोड ७० लाखसम्मका विभिन्न भेरिएन्टका स्कोडा कार उपलब्ध रहेको  

स्कोडाको नयाँ डिलर हलेसी अटोमोबाइल्सले दुई दिने विशेषटेस्ट ड्राइभ इभेन्टपनि आयोजना गर्दैछ यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षकक्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस को सुविधा पाउनुहुनेछ,’ हलेसी अटोमोबाइल्सका प्रबन्ध निर्देशक पौडेलले बताए

सम्बन्धित समाचार